बालिकालाई जबर्जस्ती गर्ने दुईजना पक्राउ



काठमाडाैं : ललितपुर महानगरपालिका-२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने  २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार बेलुका साँझ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

 

मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाउँ भनी काठमाडौं गोंगबुस्थित गेस्टहाउसको कोठामा लगेर जबरजस्ती करणी गरी फरार भएको उजुरी प्रहरी कार्यालयमा परेकाे थियाे । त्यही अाधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले  अभियुक्त दुवैजनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगंज काठमाडौं पठाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्