निर्मलालाई न्यायका लागि विद्यार्थीको मानवसाङ्लो



कञ्चनपुर: निर्मला पन्तलाई न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाएर प्रदर्शन गरेका छन् ।

 

सदरमुकाम महेन्द्रनगरमा विद्यार्थीहरूले तीन किलोमिटर वारपार मानव साङ्लो बनाइएका हुन् ।  मानव साङ्लो बनाएर सदरमुकाम घेर्ने पूर्व निर्धारित कार्यक्रम भने भीड अनियन्त्रित भएकोले सम्भव हुन सकेन ।

 

मानव साङ्लोमा सहभागि विद्यार्थीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । विद्यार्थीहरू स्कुल तथा कलेजको ड्रेसमै प्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्