इरानमा बम अाक्रमण, तीनजनाकाे मृत्यु



तेहरान : इरानकाे एक प्रहरी कमान्ड पोस्टमा बिहीबार बम आक्रमण हुँदा तीनजनाको मृत्यु भएको छ । इरानी सरकारी समाचार संस्था (इर्ना) का अनुसार चाबाहार सहरमा उक्त आक्रमण भएको थियो । चाबाहार अशान्त सहरका रुपमा परिचित छ ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादीले गरेकाे उक्त आक्रमणमा परी अरु धेरै व्यक्ति घाइते भएका छन् । 

बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार गरी बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेकाे एएफपीले जनाएकाे छ। 

प्रतिक्रिया दिनुहोस्