मुख्यमन्त्री नै भन्छन्- ‘देश दुर्घटनातर्फ’



सुर्खेत: कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल नै दुर्घटनामा पर्ने सम्भावना रहेको बताएका छन् । वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले देश गलत दिशामा गइरहेकोले दुर्घटनामा पर्ने सम्भावना भएको बताएका हुन् । शाहीले समाज गलत बाटोमा हिँडिरहेको बताउँदै सबै मिलेर सही रुपमा हिँडाउनुपर्ने बताए ।  

 

शाहीले समाजमा अहिले सुशासन पाउन नसकिएको, धेरै घटना हुने गरेको बताउँदै भने, ‘हामी सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको छ ।’ हरेक व्यक्तिले समाजमा कसरी राम्रो बन्ने, समाजमा राम्रो छाप कसरी छाड्ने, कसरी राम्रो व्यवहार देखाउने भन्नेबारे प्रतिस्पर्धा गर्न आवश्यक रहेको उनले बताए ।

 

उनले भने, ‘हरेकले व्यवहार र परिचयले जीवनशैली र काम गर्ने तरिका सकारात्मक राख्न जरुरी छ । यो अभियानको शुरूवात गर्न जरुरी छ, तब मात्र देशको विकास हुन सक्छ । देश दुर्घटनामा पर्नबाट जोगिन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्