संसदीय समितिमा गफ नदिन मन्त्रीलाई सांसदको आग्रह



काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चार वर्षभित्र राष्ट्रिय गौरवका ६ आयोजना पूरा हुने बताएका छन् ।

 

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री महासेठले आगामी चुनावसम्म ६ वटा राष्ट्रिय गौरवका आयोजन पूरा हुने बताएका हुन् ।

 

मध्यपहाडी लोकमार्ग, हुलाकी लागेकमार्ग, उत्तर दक्षिण करिडोरहरू- कोसी, कर्णाली र कालिगण्डकी तथा रेलवे तथा मेट्रो विकास आयोजना चार वर्षमा निर्माण सम्पन्न हुने महासेठले बताए । उनले माघसम्म आफ्नै रेल चलाउने तयारी भइरहेको बताए ।

 

सांसदहरूले भने मन्त्रीको दाबीमा आशंका जनाएका छन् । उनीहरूले वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजना ४ वर्षमा स्रोत अभावका कारण मन्त्रीले भनेका कुरा पूरा हुनेमा आशंका जनाएका हुन् ।

 

सांसद सुरेन्द्रराज पाण्डेले दशकौं सम्पन्न नभएका काम अबको ४ वर्षमा हुन्छ भन्ने कुरा पत्याउन गाह्रो भएको बताए । उनले भने, 'यो गफाडीका गफ हुन् कि काम पनि हुने हो?'

प्रतिक्रिया दिनुहोस्