नक्कली शैक्षिक प्रमाणपत्रले प्रधानाध्यापकलाई पुर्यायाे अदालत



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवासमेत भएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्