मन्त्रीक्वाटर भैसेपाटी सार्ने तयारी



काठमाडौं: सरकारले ललितपुरको भैसेपाटी आवास क्षेत्रमा रहेको १ सय ४९ रोपनी जग्गामा मन्त्री क्वाटर बनाउने निर्णय गरेको छ । सैबु आवास क्षेत्रमा संसद आवासकालागि छुट्टाएइको उक्त जग्गामा मन्त्री क्वाटर बनाउने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

 

सो जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संघीय संसदका सभामुख, उपसभामुख र मन्त्रीकालागि २७ वटा भवन बनाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको उनले जानकारी दिए । सोही ठाउंमा प्रदेश प्रमुख तथा मुख्य मन्त्रीको सम्पर्क कार्यालयकालागि थप १४ वटा भवन बनाउने निर्णय समेत भएको बताइएको छ ।

 

हाल पुलचोकमा रहेको मन्त्रीक्वाटरलाई बिदेशी पाउना आउदा बस्ने राजकीय अतिथि गृह बनाउने निर्णय समेत बैठकले गरेको छ । सो ठाउंमा पांच तारे भन्दा बढीको सुबिधा रहेको १० वटा भवन बनाउने र त्यसकालागि जग्गा अपुग भए हाल राष्ट्रिय पुस्तकालय रहेको भवन नजिकको सरकारी जग्गा समेत प्रयोगमा ल्याउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ । उक्त भवन बनाउन लाग्ने रकम बिदेशी दातासंग नलिने र सरकारको आफ्नै आन्तरिक स्रोतबाट बनाउने निर्णय समेत गरेको छ ।

 

त्यस्तै सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारमा रहेको पुर्खेउली घरलाई संग्राहलय बनाउने निर्णय समेत गरेको छ । डिल्लीबजारमा रहेको देवकोटाको घरको बिजुलीको बिल अहिले सम्म नतिरेको भन्दै प्राधिकरणले सुचना प्रकाशित गरेर बिल तिर्न आग्रह गरिरहेको बेला सरकारले भने उक्त भवनलाई संग्राहलय बनाउने तयारी गरेको हो ।

 

त्यस्तै काठमाडौको फोहोरलाई दीर्घकालिन रुपमा समाधान गर्न नुवाकोट र धादिङको सिमानामा पर्र्ने बन्चरेडाडामा ल्याण्डफिल्ड साइट बनाउने निर्णय गर्नुका साथै १५ मिटर अग्लो ड्याम बनाउन सहरी बिकास मन्त्रालयलाई जिम्मा दिने निर्णय समेत बैठकले गरेको समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्