‘द नेपाल टप’ समाचार पोर्टल र यु-ट्युब च्यानलको उद्घाटन



काठमाडौं: नेपाल टप मिडिया प्रा.लिद्वारा संचालित ‘द नेपाल टप’ समाचार पोर्टल र यु–ट्युब च्यानलको आज औपचारिक उद्घाटन भएको छ । काठमाडौंको तीनकुनेमा आयोजित विशेष समारोहमा कांग्रेस उपसभापति बिमलेन्द्र निधिले समाचार पोर्टल र यु–ट्युब च्यानल उद्घाटन गरेका हुन् ।

विश्वभर सूचना–सञ्चार प्रविधिमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसाथ गर्दै समाचार पोर्टल र यु–ट्युब च्यानल संचालन गर्न लागिएको प्रा.लि.का अध्यक्ष अमरेशकान्त झाले बताए । पत्रकारिताका सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलनलाई ध्यानमा राखी पाठक र दर्शकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो मिडियाको मुख्य उद्येश्य रहेको झाको भनाई छ । 

नेपाल टप मिडियाले मुलुकको राष्ट्रिय स्वार्थ, अखण्डता र सुरक्षाको विषयलाई प्राथमिकता दिने बताउँदै उनले समाजका विकृति विरुद्ध आवाज उठाउने, भ्रष्टाचार निर्मूल गर्ने अभियानलाई सहयोग गर्ने र समसमायिक बिषयमा नागरिकस्तरलाई सुसुचित गर्ने लक्ष्य रहेको  बताए ।

प्रतिक्रिया दिनुहोस्