कांग्रेसः सात वर्षदेखि एउटै मुद्दामा अल्झेको अल्झ्यै



काठमाडौं: नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्ने सम्बन्धमा सात वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन । शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लाभहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो ।

 

२०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा सम्पन्न महासमिति बैठकअघि देखि नै कांग्रेसमा पदाधिकारी थप गर्ने विषयले प्राथमिकता पाएको थियो । तत्कालीन सभापति सुशील कोइराला उपभासपति र महामन्त्रीको केही संख्या थप्ने पक्षमा थिए । तर तल्कालीन पार्टी नेता शेरबहादुर देउवा सहमहामन्त्री बाहेक अन्य पद थपको विपक्षमा उभिए ।

 

नेताहरूबीच नै सहमति जुट्न नसकेपछि महासमिति बैठकले पार्टी विधानमा सामान्य मात्र परिवर्तन गरेको थियो ।  त्यससँगै सुरु भएको पदाधिकारी विवाद जारी केन्द्रीय समिति बैठकको पनि मुख्य अजेन्डा बनेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्