कांग्रेसमा दुई महाधिवेशन प्रस्ताव 



काठमाडौं: मुलुकको नयाँ संरचनाअनुसारको पार्टीको विधान बनाउँदै गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र एक कार्यकालमा दुई महाधिवेशनको प्रस्ताव आएको छ ।

 

विधानमाथिको छलफलमा केन्द्रित जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा पूर्वसहमहामन्त्री समेत रहेका नेता अर्जुननरसिंह केसीले निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी एक कार्यकालमा दुई प्रकारको महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

 

‘पार्टीको विधानअनुसार महासमिति बैठक महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष बस्नुपर्छ, त्यो भएन, अब विधानमा नै निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी दुई प्रकारका महाधिवेशनको व्यवस्था तोकेर पार्टीलाई सशक्त बनाऔं,’ नेता केसीले बिहीबारको बैठकमा भने ।

 

केसीले पार्टीलाई दरिलो बनाउनसमेत नेतृत्वमा पार्टीप्रतिको जिम्मेवारीबोधको आवश्यकता रहेको भन्दै नेतृत्वमा आएपछि पार्टी विधानमा भएका कुराको पालनाले समेत पार्टीलाई बलियो बनाउने जनाएका राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्