प्रियंका चोप्राले औपचारिक रुपमै नाम फेरिन्



नयाँ दिल्ली: निक जोन्ससँग विवाह बन्धनमा बाँधिएकी नायिका प्रियंका चोप्राले आफ्नो नाम औपचारिक रुपमै फेरेकी छन् । जोन्ससँग हालै विवाह गरेकी चोप्राले आफ्नो इन्स्टाग्राममा नाम प्रियंका चोप्रा जोन्स राखेकी छन् ।

 

उनीहरुको हालै ५ दिन लगाएर राजस्थानको जोधपुरस्थित ग्रान्ड उमेद भवन प्यालेसमा विवाह भएको थियो । डिसेम्बर १ का दिन दुईबीच विवाह भएको थियो । पहिलो दिन उनीहरुबीच इसाई परम्पराअनुसार बमोजिम विवाह भएको थियो भने दोस्रो दिन हिन्दू पराम्परागत शैलीमा विवाह भएको थियो ।

 

पहिलो बच्चाका बारेमा राखिएको जिज्ञासामा प्रियंकाले भर्खर विवाह भएकोले त्यति ठूलो निर्णय गर्न समय दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्