जनकपुरमा विवाहपञ्चमी महोत्सवको सुरु



जनकपुरधाम: जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव सुरु भएको छ । महोत्सव आजदेखि २७ गतेसम्म हुनेछ । आज जनकपुर नगर दर्शन, भोलि फूलवारी लिला, २३ गते धनुष यज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते स्वयम्बर र विवाह तथा २७ गते रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

 

विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर पाँच सयको संख्या साधुसन्तहरुसहित जनकपुर आउने छन् । मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चनापछि रंगभूमि मैदानमा स्वयंवर कार्यक्रममा सहभागी हुने बताइएको छ ।

 

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले विवाहपञ्चमीलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने बताए । विवाहपञ्चमीका लागि जानकी मन्दिरलाई झकिझकाउ बनाइँदै छ । विवाहपञ्चमी महोत्सवमा २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्