रियाल मड्रिड कोपा डेल रेको प्रिक्वाटरफाइनलमा



काठमाडौं: रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगको खेलमा ६–१ को जित निकाल्दै रियाल मड्रिड अन्तिम १६ मा पुगेको हो ।

 

यसअघि पहिलो लेगमा ४–० को जित निकालेको रियाल मड्रिडले समग्रमा १०–१ गोल अन्तरको फराकिलो जित हात पारेको हो । गएराति भएको एकतर्फी खेलमा रियालका लागि मार्को एसेन्सियो र इस्कोले २–२ गोल गरे ।

 

यसैगरी, हाभियर सान्चेज र भिनिसियस जुनियरले एक एक गोल थपे । कोपा डेल रे फुटबल प्रतियोगिताका अन्य खेलमा विजयी हुँदै स्पोर्टिङ गियोन, लेभान्ते, एथ्लेटिक बिल्बाओ र रियाल बेटिस पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्