छोरीको हत्या गरेकाे आरोपमा आमा पक्राउ



काठमाडौं : छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ सोनापाडा बस्ने ४८ वर्षीय राजकुमारी मण्डल रहेकी छन् ।

 

१६ वर्षीय छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

 

सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमाले रिसमा झाेकमा छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । घटनामा परिवारका अन्य सदस्यकाे समेत संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्