श्रीमती माइत पठाइदिएको झोकमा बुवासमेत दुईको हत्या



कैलाली : एक युवाले आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दा आफ्नै बाबुसमत दुईजनाको हत्या गरेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको प्रहरीले जनाएको छ । 

उनको प्रहारबाट आमा द्धिलबाहादीदेवी चौधरी घाइते भएको कैलाली प्रहरीले जानकारी दिएको छ । उनको टाउको र बायाँ कानमा चोट लागेको छ । लम्कीस्थित लालरत्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चाैधरीकाे घरमा जम्मा भएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

प्रहरीका अनुसार आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए । उनलाई प्रहरीले समातिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्