नेपाल आइडल सिजन २ पनि विवाद, रवीलाई भोट गर्दा अमीतको नाम



काठमाडाैं : अन्तर्राष्ट्रिय रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै अाएका एक्ला प्रतिस्पर्धी रवी वडलाई भोट गर्दा अमीत बरालको नाम आएपछि रवीका समर्थकहरु निराश भएका छन्।

 

रवीलाई मोवाइलको म्यासेज बक्समा गएर १० टाइप गर्दै ३१००९ मा भोट गर्दा अमीत बराललाई भोट गर्नुभएकोमा धन्यवाद भन्दै जवाफ आउन थालेपछि रवीका समर्थक हैरान र अाक्राेशित भएका हुन्। 

 

आइडलका निर्देशक सुरेश पौडेलले भने नाम अमीतको आए पनि भोट रवीलाई नै जाने बताए । उनले बिहान केहि प्राविधिक समस्या आएकाले त्यस्तो समस्या आएकाे उनले बताए । केहीबेरपछि सुधार गरिएकाे निर्देशक पाैडेलले बताए ।

 

बिहीबारको प्रस्तुतिको आधारमा प्रतिस्पर्धीले भोट पाउने छन् । र, कम भोट पाएको प्रतिस्पर्धी आइडलको मञ्चबाट विदा हुने छ । ‘टप फोर’ का लागि भएको प्रतिस्पर्धामा रवी वडले एक ठाउँमा गरेको थोरै गल्तिबाहेक शुक्रबारको अंक समग्रमा गज्जब रह्यो । नयाँ गीत, त्यही माथि झट्ट गाउँदा रवी केही अलमलिएका थिए ।

 

निर्णायकले पनि रवीप्रति उत्साह थप्न कहिलेकाहिँ गल्ति हुन्छ तर त्यसबाट पाठ सिक्नुपर्छ भन्दै सुझाब दिएका थिए । विगतका अंकमा ‘दमदार’ प्रस्तुति दिदैं सर्वाधिक भोट पाएका रवीले बिहीबारको प्रस्तुतिबाट पनि त्यहीँ अपेक्षा गरेका छन् । तर, दुर्भाग्य शुक्रबार रवीलाई जानुपर्ने भोट अर्कै प्रतिस्पर्धीलाई गएको देखिएको छ ।

 

अधिकांश समथर्कले रवीलाई गरेको भोट आइडलमा बाँकी रहेका प्रतिस्पर्धी अमीत बराललाई गएको देखाएको छ । मोबाइल फोनबाट गरेको भोट अमीतलाई गएको हुनसक्ने शंका उब्जिएको छ । उब्जिनु पनि स्वभाविक हो । हेर्नुस् रवीको भोटिङ कोड १० मा पठाएको भोट अमीतलाई गएको सन्देश–

 

प्रतिक्रिया दिनुहोस्