माेटरसाइकलबाट लडेकी वृद्धाकाे ज्यान गयाे



लहान : सिरहाकाे अर्नमा गाउँपालिका–३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । 

स५प ९७४२ नं. को मोटरसाइकलबाट बिहीबार साँझ माेटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनएको छ । 

मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्