वाइड बडी प्रकरण छानबिनको माग गर्दै नयाँ शक्तिको प्रदर्शन



काठमाडौं : वाइड बडी विमान खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न माग गर्दै नयाँ शक्ति नेपालले प्रदर्शन गरेको छ । नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय सुन्धाराअगाडि शुक्रवार नयाँ शक्तिले प्रर्दशन गरेको हो ।

नेपाल वायु सेवा निगमलाई धरासायी बनाउन लागिएको विरोधमा प्रदर्शन गरिएको नयाँ शक्तिले जनाएको छ । प्रदर्शनकारीले यस अघि भएका अनियमिततासमेत समेटिने गरि ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

विमान खरिदमा व्यापक अनियमितता भएको भन्दै संसद्को लेखा समितिले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्