निर्मला हत्या प्रकरणः ‘प्रहरीसँगको बयानमा रावलले गरे स्वीकार’



कञ्चनपुर : निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युयकमा अनुसन्धान केन्द्रित गरेको छ ।

 

भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

 

यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा संलग्नता रहेको भनी स्वीकार गरेका थिए । तर, पछि डिएनए जाँच भने मेल खाएका थिएनन ।

 

'हामी प्राविधिक पक्ष हेरिरहेका छौँ । साईन्टिफिक प्रुफ हुनुपर्छ ।'  हामी अनुसन्धानमै छौँ, सिआईबीका एक उच्च अधिकारले भने ।

 

'हामीसँग बयान स्वीकार गर्नुले मात्र केहि अर्थ राख्दैन, त्यसैले अहिल्यै केहि भन्न सकिन्न ।'

 

निमर्लाको वडासँग सिमाना जोडिएको वडा १८ निवासी रावल करिब डेढ महिनाअघि महनेन्द्रनगरबाट काठमाडौं गएका नागरिकमा खबर छ । उनको खोजीमा सक्रिय प्रहरीले सुराकीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

 

लागुऔषध दुव्र्यसनी रावलको बयानपछि उनकै वडाका अन्दाजी १७ बर्षीय विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेर जहाजबाट बिहीबार काठमाडौं पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्