परराष्ट्रमा बेथितिको पराकाष्टा



काठमाडौं:  वर्तमान मन्त्रिपरिषदका सदस्य मध्ये नेपाली जनले निकै आशा र भरोसा गरेका पात्र हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञावली । उनले नेतृत्व गरेको मन्त्रालयमा यतिसम्म वेथितिको परकाष्ट होला भन्ने कसैले अनुमान नगरेको हुन सक्दछ । हो, यस्तै भएको छ, यहाँ, परराष्ट्र मन्त्रालयका कर्मचारीको विदेशस्थित दूतावासमा हुने पोस्टिङ तोक आदेशमा हुन थालेपछि अहिले पीडित कर्मचारी आक्रोशि बन्नेका छन् ।उक्त मन्त्रालयमा अहिले गुल्मीवाला कर्मचारीको बोलबाला चलेको छ ।

 

अमेरिका र युरोपबाट फर्केका गुल्मेलीको फेरि अब्बल स्थानमा भकाभक पोष्टिङ हुन थालेपछि पीडित कर्मचारी भन्न थालेका छन्– होइन औ, हाम्रा हजुरबा पनि गुल्मीबाट बसाई सरेका हुन हामीप्रति किन विभेद ? होइन भने गुल्मेली भनेपछि अमेरिकाबाट फर्केकालाई फेरी त्यही किन, एउटा कर्मचारी अमेरिका र युरोप घुमी रहने अर्कोलाई भने खाडी मुलुकमा सधै लाश जम्मा गर्ने र पठाउने काममै लादि रहने यो कस्तो न्याय हो ।

 

मन्त्रालयमा अहिले सचिव शंकरदास वैरागीको चेनअफ कमाण्ड खुस्केको छ । पोष्टिङका हिसावले राम्रा मानिएका मुलुकमा जान गुल्मेली नै हुनु पर्ने बाध्यता सिर्जना भएको छ, भने कामको मूल्याङकन भन्दा पहँचवाला हावी भएको स्थिति बनेको छ । सिङगो मन्त्रालय गुल्मीका उपसचिव तेजबहादुर क्षेत्रीको कमाण्डमा रहेको छ । उनले जे भन्यो वैरागीले त्यसैमा सही धस्काउनु पर्ने परिस्थिति बनेको छ । कर्मचारीको विदेश पोष्ट्रिमा अनियमिता भएपछि केही कर्मचारीले अत्यचार सहन नसकेर सचिव वैरागीलाई लिखितरुपमै कानूनी चूनौतिको सामना गर्दै चेतावनी दिइसकेका छन् ।

 

सामान्यतया, अमेरिका तथा युरोपमा एक कार्यकाल विताएर फर्केका कर्मचारीलाई अर्को कार्यकालका लागि एसियाली मुलुकमा पठाउने चलन विपरित अहिले वासिङटन डीसिबाट फर्केका जीतबहादुर कार्कीलाई न्यूर्योक पठाइएको छ ।

 

न्यूर्योकबाट एक कार्यकाल पुरा गरेर फर्केका प्रकाश अधिकारीलाई अर्को कार्यकाल कोपन हेगन र तेस्रो कार्यकालका लागि क्यानडा पठाउने कार्यले खाडी तथा दक्षिण एशियाली मुलुकमा काम गर्ने कर्मचारीको मनोबल कमजोर भएको छ । यादव कोइराला डेनमार्क– स्वीट्जरलैण्ड हुदै अष्ट्रेलिया पुग्ने अर्का भाग्यमानी कर्मचारी हुन भने दोहाबाट फर्केका प्रेम बराललाई काइरो पठाइयो । केशव पन्थि पनि साउदीबाट कतार जान बाध्य भए ।

 

यी र यस्ता प्रबृत्तिले मुलुककमा सुशासन देला त ? यो भद्र स्वभाव र धेरै नेपालीले आशा गरेका मन्त्रि ज्ञावलीका लागि प्रश्न उब्जिएको छ । भनसुन र पहुँच विनाको पोष्टिङ हुने दिन कहिले आउला ! मन्त्रि ज्ञावलीको मन्त्रालयमै लोकतन्त्रको यो गति छ भने अरुमा के गति होला ? समाचारपत्रवाट

प्रतिक्रिया दिनुहोस्