बैंक लुट्न खोज्दा झडप, ११ जनाको मृत्यु



काठमाडौं: ब्राजिलमा बैंक लुट्ने क्रममा भएको झडपमा परी ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको हो । उत्तरपूर्वी ब्राजिलमा दुइ वटा बैंक लुटपाटको योजना बनाउँदै लुटेराहरुले पाँच जनालाई बन्धक बनाएका थिए ।

 

प्रहरीले लुटेरामा माथि गरेको जवाफी कारबाहीमा बन्धक बनाइएका एक नाबालकसहित पाँच जना र ६ जना अन्यको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

मारिने छ जना लुटेरा समूहका हुन् या प्रहरी अधिकारी हुन् भन्ने खुलाइएको छैन । तर प्रान्तीय गभर्नरका प्रवक्ताले भने घटनामा ६ जना प्रहरी अधिकृतसहित १२ जनाको मृत्यु भएको बताएका छन् ।

 

सशस्त्र लुटेराहरुले बैंकमा आक्रमण गर्न मानव ढालका रुपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको बताइएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्