काठमाडौंको तापक्रम आज वर्षकै कम



काठमाडौं: काठमाडौंको आज बिहानको तापक्रम ५ दशमलब २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति ५ दशमलब ५ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आज पनि घटेको हो ।

 

पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको हो । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

काठमाडौंको तापक्रम सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम माइनस ३ दशमलब ५ डिग्रीसम्म पुगेको इतिहास छ । गएको वर्ष पुस २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्