नेपाल र कम्बोडियाः सहयोग क्षेत्र विस्तार गरिने



न्यूयोर्क: प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी हुन सेनबीच आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ । 

 

उक्त अवसरमा नेपाल तथा कम्बोडियाबीच सहयोगका क्षेत्र विस्तार गर्ने तथा भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको जानकारी परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले दिए । 

 

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव वैरागी, मन्त्रालयका प्रवक्ता भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्