सन्दिप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध



 काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले बिहीवार (असोज १२ गते) नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्ववान्वित बनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ ।

 

‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्‍याउने उद्देश्य लिई तयार पारेको हो ।

 

यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यसमा कम्पनीले निःस्वार्थ भावनाका साथ दैनिकरुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ ।

 

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहिवार एक कार्यक्रम माझ गरेको हो । कार्यक्रम सिफलस्थित बाल मन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दिपले बाल मन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दिपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।

 

‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरु गरेको यो पहल वास्तवमै सरहानिय छ । यसले हामी सबैलाई आफ्नो सपना प्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास छ,’ सन्दिपले भने ।

 

‘नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यसँग मेल खान्छ,’ एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ