स्यालको आक्रमणबाट ६ जना घाइते



सल्यान : वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका छन् । 

 

काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुनलाई स्यालले आक्रमण गरेको हो । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन् । 

 

बेलुका घरबाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताए । यसअघि नजिकैको जंगलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिए ।

 

स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनबन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्