चुम्बनबारे १० राेचक जानकारी



१. चुम्बन शब्द ध्वनिमा आधारित छ। यो जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो।

२. कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन। साथै व्यावहारिक उद्देश्य पनि रहँदैन।

३. पुरुषहरूमा यसले टेरेस्टेरोन हर्मोनको माध्यमबाट भावना जागृत गराउँछ।

४. चुम्बनलाई एडिक्सनको रूपमा समेत लिने गरिन्छ।

५. चुम्बनले तपाईंलाई प्रेम दिलाउँछ। उही व्यक्तिबीच हुने चुम्बन क्रमशः पुरानो लाग्दै जाने अध्ययनले बताएका छन्।

६. सुरक्षित रूपमा गरिने चुम्बनले स्वास्थ्यलाई फाइदा गर्छ। यसले प्रतिरक्षा प्रणाली बढाउँछ, तनाव मुक्त गर्छ र उच्च रक्तचाप घटाउन सहयोग गर्छ।

७. चुम्बनपछि आपसमा महसुस र प्रतिक्रिया भएन भने त्यो उपयुक्त साथी होइन।

८. मनोवैज्ञानिकहरू भावुक चुम्बनलाई सम्बन्ध निरन्तरताको सहयोगी मान्छन्।

९. पुरुषको तुलनामा महिलाहरू चुम्बनलाई महत्व दिन्छन्।

१०. चुम्बनको समयमा कम्तीमा अनुहारका २४ मांसपेशी र घाँटी, काँध र गर्धनका एक सय १२ मांसपेशी सक्रिय हुन्छन्।

प्रतिक्रिया दिनुहोस्