रुख काटेको आरोपमा दुईजना पक्राउ, कांग्रेसको विरोध



धनगढी : कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ३, फलेबिसौनामा निर्माणाधीन सडकमा सालका रुख काटेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

उक्त निर्माणाधीन सडकका सालको रुख काटेको आरोपमा मोहन्याल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नन्दराज गिरी र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय गिरी पक्राउ परेका हुन् । नन्दराज नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । 

कांग्रेस कैलालीका सचिव पुर्ण कुँवरले शुक्रबार विज्ञप्ति जारी गरी सत्ताको छत्रछाया पाएका स्थानीय केही र वन प्रशासनको मिलिमतोमा राजनितिक प्रतिशोधका कारण उनीहरुलाई पक्राउ गरेको उल्लेख छ । उनीहरुलाई तत्काल मुक्त गनृ र सत्यतथ्य छानबिन गर्न कांग्रेसले माग गरेको छ । अन्यथा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कांग्रेसले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्