भारतीय पाहुनालाई स्वागत गर्न निधिको निर्देशन



काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधिले जनकपुरधाममा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह महोत्सवमा भारत उत्तरप्रदेशस्थित अयोध्याबाट आउने साधुसन्तसहितको जन्तीलाई स्वागत गर्न आफ्ना नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।

विवाहपञ्चमीका अवसरमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण राजनीतिक नभएर सांस्कृतिक हुनुपर्ने अभिव्यक्ति केही दिनअघि दिएका निधिले अयोध्याबाट आउने जन्तीलाई धनुषा जिल्लाको नेपाल–भारत सीमा जटहीमै पुगेर स्वागत गर्न पार्टीकर्मीलाई निर्देशन दिएका हुन् ।

 

प्रदेश २ को संसद्मा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र धनुषा कांग्रेसका सभापति रामसरोज यादवलाई विवाह महोत्सवलाई सफल बनाउन उनले निर्देशन दिएको निधिका स्वकीय सचिव विश्वास विक्रमले बताए ।

मंसिर २६ मा हुने रामजानकी वैवाहिक समारोहमा उपसभापति निधिसमेत सहभागी हुने विक्रमले बताए ।

प्रतिक्रिया दिनुहोस्