गच्छदारसँगै कांग्रेसमा विलय भएका लाेकतान्त्रिक फाेरमका नेता समायाेजन गर्न समिति गठन



काठमाडाैं : विजयकुमार गच्छदारसँगै लोकतान्त्रिक फोरम छाडेर कांग्रेस भित्रिएका नेता कार्यकर्ता समायोजन गर्न का पार्टीबाट नेपाली कांग्रेसमा आएका नेता, कार्यकर्तालाई  समायोजन गर्न कांग्रेसले समिति गठन गरेको छ ।

 

उपसभापति विमलेन्द्र निधि संयोजकत्वको पाँच सदस्यीय समायोजन समितिको सदस्यहरूमा उपसभापति गच्छदार, केन्द्रीय सदस्य महेश आचार्य र दीपक गिरी थपिएका छन् । गत २०७४ असोज २९ मा गच्छदारले कांग्रेसमा पार्टी विलय गराएका थिए । 

 

कांग्रेसको सांगठानिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक संघसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न थप सदस्य मनोनयन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्