वीरगन्जमा गाेली चल्याे



पर्सा : वीरगन्ज महानगरपालिका वडा नम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्ष्य गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्