सरकार निर्मलाकाे हत्यारा सार्वजनिक गर्ने तयारीमा छ: मन्त्री पोखरेल



काठमाडाैं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको बताएका छन् । 

 

७० औ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने सम्भावना रहेको बताए ।

 

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दे उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने सम्भावन रहेको बताए । सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उनले भने, ‘विधिसम्मत ढंगले सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला ।’ 

 

प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उहाँले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दावी गरे । उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए ।

 

उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो  अपराधी बाहिर ल्याउँदा यीमध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन ।’ 

 

राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका काम कारबाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्