श्रृंखला मिस वर्ल्डको टप १२ मा, फाइनल जारी LIVE



काठमाडौं : ‘मिस वर्ल्ड’को अन्तिम प्रतियोगिता सुरु भएको छ । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा जान्छन्। दस्रो चरणमा १२ जनाबाट पाँच जना छानिन्छन्। र, यिनै पाँचमध्ये एक जना प्रतियोगी मिस वर्ल्ड बन्नेछन्।  

 

चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्। मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन्। आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्। 

 

प्रतिक्रिया दिनुहोस्