‘मिस वर्ल्ड २०१८’ काे उपाधि मेक्सिकाे‍ले उचाल्याे



Miss World 2018 winner is Miss Mexico Vanessa Ponce De Leon

‘मिस वर्ल्ड २०१८’ काे उपाधि मेक्सिकाे‍ले उचालेकाे छ । पेसाले मोडल रहेकी मेक्सिकोका लागि भेनेसा पोन्स डी लिअन सो उपाधि जितेकी हुन्।

 

चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भेनेसा पोन्स डी लिअन बेलारूस, यूगाण्डा, जमाइका  तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।

 

मिस वर्ल्ड २०१७- मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्। मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेको नेपालको यात्रामा भने टप १२ मा टुङ्गियो।

 

एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भएए। टप १२ मा परेसँगै  शृङ्खलाले नेपालले गरेको सपोर्टप्रति धन्यवाद दिन भुलिनन्। साथै भन्न्, ‘मलाई ट्राललिङ र यड्भेन्चर गर्न मन पर्छ। नेपाल फर्किएर म सगरमाथा चढ्ने सोचमा छु।’

 

टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए। 

 

मिस नेपाल शृङखला पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् । दोस्रो चरणमा १२ मध्ये पाँच छानिएकी हुन्न। 

 

चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्। 

 

मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन्। आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्। 

 

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको थियाे ।  विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्