कृष्णानगर स्वास्थ्य चौकीमा सरसफाइ



कपिलबस्तु : कपिलबस्तुको कृष्णानगर नगरपालिका-३ चैपुरवास्थित कृष्णानगर स्वास्थ्य चौकीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

कृष्णानगर इलाका प्रहरी कार्यालयका प्रमुख सूर्य बहादुर बोगटी नेतृत्वको टोली, स्थानीय जनप्रतिनिधि, कार्यपालिका सदस्य ज्योती कोरी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरू लगायतको उपस्थितिमा सरसफाइ गरिएकाे हाे ।

अस्पतालभित्र रहेका कागज, प्लास्टिक लगायत अन्य फोहोरलाई एकिकृत गरि नष्ट गरिएको छ। साथै प्रहरी निरिक्षकले उक्त अस्पतालभित्र बगैचा निर्माण गर्न अस्पताल व्यवस्थापन समितिलाई सुझाव दिए । 

 

सरसफाइ हामी सबैको साझा दायित्व भन्ने भावनाको विकास गराउन उक्त कार्यक्रम आयोजना गरिएको जानकारी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मसूद खां नेपालीले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्