बयान दिन अष्ट्रेलियाबाट आइन् राजदूत शेर्पा



काठमाडौं : सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ । परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ पर्केकी हुन् ।

मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ । ‘राजदूत शेर्पामाथि लागेको लागेको सत्यतथ्य बुझ्न उहाँलाई काठमाडौ बोलाइएको हो’ एक अधिकारीले भने ‘ छानबीनबाट दोषी देखिए कारबाही हुनेछ भने निर्दोष देखिए काममा फर्कनेछिन् । 

राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।  

प्रतिक्रिया दिनुहोस्