पाँच महिनामा एक खर्बले घट्याे सेयरकाे भाउ



काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब एक खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्ममा सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेष्ण गरिएको हो । 

उक्त अवधिमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब एक खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो । 

गत असारमा १४ खर्ब ३५ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण (स्टक एक्सेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) बिहीबार (मंसिर २०) सम्म आइपुग्दा १३ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ । गत असारको तुलनामा हालको पुँजीकरण ९८ अर्ब रुपैयाँले कम हो । 

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु (एक हजार आठ सय ८१) विन्दु र त्यतिवेलाको बजार पुँजीकरणसँगको तुलनामा अहिले सेयर बजारको आकार करिब सात खर्ब ३४ अर्ब रुपैयाँले खुम्चिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्