अन्तरप्रदेश परिषद्को बैठक आज, सातै प्रदेशका मुख्यमन्त्री राजधानीमा



काठमाडौं : अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ । प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गरेका हुन् । 

बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  

बैठकमा सात प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी हुनेछन् । सातजनै मुख्यमन्त्रीले आफ्नो कामको समीक्षा गर्नेछन् । 

त्यस्तै प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीले जानकारी गराएपछि प्रधामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्योजक अधिकारीले जानकारी दिए ।  

सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । बैठकमा संघीय सरकार र प्रदेश सरकारको काम कारबाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्