दैनिक सय लिटरसम्म दूध दिने गाईको प्रजाति विकास



काठमाडौं : विश्वमा दैनिक १ सय लिटरसम्म दूध दिने गाईका प्रजातिको विकास भइरहँदा नेपालमा भने दैनिक आधा लिटरदेखि २ लिटरसम्म दूध दिने गाईको संख्या अधिक रहेको पाइएको छ ।

चालु आर्थिक वर्षको सर्वेक्षणअनुसार करिब ७४ लाख गाईगोरुको संख्यामा १२ लाख अर्थात् १६ प्रतिशत गाईमात्र दुधालु छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार मुलुकका कुल संख्याको ८८ प्रतिशत हिस्सा दूध नदिने गाई छन् ।

कुल गाईको ११ प्रतिशत अर्थात ८ लाख कम दुधालु स्थानीय प्रजातिका छन् । आजको कारोबार दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्