इजरायल जान छानिएका ४१ जना युवायुवती अलपत्र



काठमाडौं : सरकारले इजरायलमा केयर भिगर कामदारका रुपमा पठाउँन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन् ।

वैदेशिक रोजगारी विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो । इजाराइलबाट माग नै आउन छाडेपछि छनौट भएका ४१ जना अझै इजाराइल जान पाएका छैनन् । 

पछिल्लो चरणमा केयर गिभरको माग नै आउन छाडेकाले यस्तो अबस्था सिर्जना भएको हो । श्रोतका अनुसार नेपाली मेनपावरको अबरोधको कारण इजरायलबाट कामदारको माग नआएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्