प्रजातन्त्र सेनानी साउदेनकाे निधन



पशुपतिनगर : प्रजातन्त्रका सेनानी एवं नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको शनिबार राति निधन भएको छ । लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी साउदेन इलाम काङ्ग्रेसका पूर्वउपसभापतिसमेत थिए ।

पूर्वगाविस अध्यक्षसमेत रहेका साउदेनलाई नेपाली काङ्ग्रेसले शनिबार उनकै घरमा सम्मान गरेको थियो । १९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा सक्रिय रहेपछि पछिल्लो समय राेगका कारण घरैमा अाराम गरिरहेका थिए । साउदेन २०५४ सालको स्थानीय निकाय निर्वाचनमा सुलुबुङ गाविसकाे अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्