प्रदेश २ संसदमा सञ्चारसम्बन्धी विधेयकमाथि छलफल



जनकपुरधाम : १६ वटा ऐन बनाइसकेको प्रदेश २ संसद्ले हाल विभिन्न विधेयकउपर छलफल तीव्र पारेको छ ।

 

विधयेकमाथि छलफल गर्ने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  एफ एम रेडियो र टेलिभिजन सञ्चालन र नियमनसम्बन्धी विधेयकउपर अन्तक्रिया सम्पन्न गरेको छ ।

 

विभिन्न कर्मचारी पत्रकार तथा १० जना मन्त्रीको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले धनुषाको हारसरस्थित जीवन केन्द्रको सभाहलमा उक्त विधेयक २०७५ बारे अंतक्र्रियात्मक कार्यक्रम गरको छ । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै कानुनमन्त्री ज्ञानेन्द्र यादवले परिवर्तनको वाहकका रुपमा रहेको सञ्चारमाध्यमलाई व्यवस्थित र बनाउन विधेयक ल्याई त्यसउपर छलफल गरिएको जानकारी गराए । 

 

उपस्थित सञ्चारकर्मीलाई सम्बोधन गर्दै यादवले भने, ‘हामी चाँडै सञ्चारसम्बन्धी ऐन ल्याउँदै छौ ।’ उनले उपस्थित सहभागी संख्या कम भएको प्रति मन्त्रालयका कर्मचारीलाई सहभागिता बढाउनसमेत निर्देशन दिए ।

 

मन्त्री यादवले विधेयकमाथि आएका विचार र सुझाव समेटेर अघि बढ्ने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको अन्तरक्रियामा सञ्चारकर्मीहरुले विधेयकमा देखिएका त्रुटिहरु औंल्याएका थिए ।

अन्तरक्रियामा दुई जिल्लाका १६ जना पत्रकार मात्र सहभागी थिए । उपस्थित सञ्चारकर्मीहरुले प्रदेश २ अन्य जिल्लाका सञ्चारकर्मीहरुलाई किन नबोलाइएको भनी प्रश्न गरेका थिए । 

एफ रेडियो र टेलिभिजन सञ्चालन र नियमनसम्बन्धी विधेयक २०७५ को छलमाथि भएको अन्तक्र्रियात्मक कार्यक्रमबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव पुरषोत्तम खतिवडाले प्रश्ट पारेका थिए ।

उपसचिव खचिवडाले विधेयकको संक्षिप्त नाम, विस्तार, प्रारम्भ, परिभाषाबारे पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्