डा. भट्टराईलाई च्याँख्ला, पीठो र गुन्द्रुक उपहार



खोटाङ : पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रुक उपहार दिइएको छ । 

पाँच दिनका लागि खोटाङ आएका नयाँ  शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि बास्बोटेका प्रधानध्यापक जसराज किराँतीले गुन्द्रुक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले कोदोको पीठो उपहार दिएका हुन् । 

शनिवार बिहान दित्तलेस्थित हाटडाँडामा भएको कार्यक्रममा पछिल्लो समय गाउँघरमा उत्पादन भएका यस्ता कृषिजन्य वस्तुको औचित्य घट्दो अवस्था रहेको भन्दै भट्टाईलाई यस्तो उपहार दिइएको वडाध्यक्ष राईले जानकारी दिए । आजको कारोवार दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्