जग्गा विवादले मन्दिर निर्माण अवरुद्ध, लाखाैं रुपैयाँ अपचलन भएकाे अाराेप



महाेत्तरी :  महोत्तरीको पिपरा गाउँपालिका–१ एकरहियामा रहेको जग्गामा बन्ने काली मन्दिर निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

स्थानीय रमियादेवी मिश्रले मन्दिर निर्माणका लागि पाँच धुर जमिन उपलब्ध गराएका थिइन् । उक्त जग्गामा तीन वर्षअघि नै मन्दिर निर्माण प्रारम्भ भएको त्यहाँका स्थानीयले बताएका छन् । तर पाँच धुरभन्दा बढी जमिनमा मन्दिर निर्माण हुन लागेको भन्दै स्थानीयबीच विवाद सिर्जना भएको हो । 

सो स्थानको निम चोकस्थित मन्दिर प्रवेशद्वारको पोखरीको पश्चिम डिलमा काली मन्दिर निर्माण समितिले पाँच धुरभन्दा बढ़ी जमिन कब्जा गर्न खोजेको आरोप अर्का जग्गा धनी सुबोध मिश्रले लगाए । 

 

मिश्रले भने, ‘मेरो जग्गामा अनधिकृत रुपमा घर बनाउन लागेकाले अदलातमा मुद्दा गÞरी रोक्कासमेत गÞरिसकेको छु तर मन्दिरको नाममा निर्माण समितिका व्यक्तिले मेरो अनुमतिविपरीत जग्गा कब्जा गर्न खोजे ।’

 

महोत्तरी एकरहिया गाविस १ (क) को कित्ता नं ८१४ को जग्गामा कुनै किसिमको निर्माण कार्य वा भौतिक अवस्था नगर्नू नगराउनू भनी मिति २०७४ कार्तिक २८ गते जिल्ला अदालत महोत्तरीले निर्णयसमेत गरेको थियो । 

 

स्थानीयका अनुसार मन्दिरका लागि पाँच धुर जमिन रहेकाले बाँकी जग्गा कसैको भए उक्त जग्गाधनीले अनुमति लिनुपर्ने हुन्छ । तर, अवस्था त्यस्तो देखिएको थिएन । 

प्रत्येक वर्ष काली पूजा गर्दै आएको काली पूजा समितिका अनुसार सार्वजनिक कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए । तर, व्यक्तिले त्यसरी मन्दिर निर्माणलाई प्रभावित गर्न नहुने निर्माण समितिका अध्यक्ष झाले बताए । 

निर्माणाधीन मन्दिरको दक्षिणतर्फ आफ्नो १० धुर जमिन रहेको र उक्त जग्गा छुट्याएर आफूलाई दिनुपर्ने मिश्रले बताए । उनले आफ्नो जग्गामा मन्दिर बन्न लागेको बारे आफूसँग सोधिनुपर्ने बताए । 

 

उनले आफ्नो जमिन अरुले हडप्न खोजेको आरोपसँगै दुखेसो पोखे । भने, ‘अहिलेको समयमा मेरो जग्गाबारे मलाई नै थाहा नदिई हडप्न खोजेका छन्, यो कस्तो नियम हो ?’ उनले दुःखेसो पोख्दै भने, ‘अदालतले रोक्का गÞिरसकेको जमिनमा जबर्जस्ती निर्माण अघि बढाउनु गैरकानुनी हो ।’ 

 

स्थानीय राकेश झाले जसको जग्गामा मन्दिर बन्छ, उसैलाई मन्दिरको संरक्षक बनाई जग्गादाताको रुपमा राख्नुपर्ने बताए । साथै उनले जग्गादाताको अनुमति पनि लिनुपर्ने सुझाए । उनले भने, ‘जबर्जस्ती गर्नु अपराध हो ।’

 

मन्दिरको जग्गा विवादलाई लिएर बसेको भेला बिनानिष्कर्ष टुंगिएको छ । जग्गा विवाद अदालतमा समेत गइसकेको र जग्गावालसँग मन्दिर निर्माण समितिले सोधखोज समेत नगरेको आरोप प्रत्यारोपबीच कुनै निर्णय नगरी भेला सकिएको हो । 

 

बैठकमा मन्दिर  निर्माणका लागि जग्गा दिएका दाता परिवारले अब अदालतबाटै निर्णय हुने तर्क गरेपछि बैठक टुंगिएको थियो । काली मन्दिर निर्माणका लागि अहिलेसम्म कुनै संस्था दर्ता नभएको तर लाखौं रकम व्यक्तिले आफूअनुकूल खर्च गरेको जानकारी प्राप्त भएको छ । 

मन्दिर निर्माणको नाममा हालसम्मा २० लाख रुपैयाँभन्दा बढ़ी अपचलन भइसकेको स्थानीयको आरोप छ । 

 

जग्गा विवादका कारण अलपत्र परेकाे निर्माणाधीन मन्दिर

प्रतिक्रिया दिनुहोस्