दुर्घटनामा सहचालकको मृत्यु 



विराटनगर : मोरङको कटहरी गाउँपालिका–४, नयाँ बजारमा ट्रयाक्टरको ट्रली र इन्जिन जोड्ने फलाम भाँचिदा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको  को१त ३७६८ नम्बरको ट्रयाक्टरको फलाम भाँचिएर किच्दा सोही ट्रयाक्टरका सहचालक स्थानीय २२ वर्षीय महमद साकुला घाइते भएका थिए ।

साकुलाको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्