अवैध सामान बरामद



विराटनगर : प्रहरीले विराटनगर महानगरपालिका–१५ को विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको छ । 

भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएको एक लाख तीन हजार पाँच रुपैयाँ बराबरको सामान बरामद गरेर आवश्यक कारबाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले चेकजाँचका क्रममा किराना पसलका सामान, लत्ताकपडा र गहुँको बिउ बरामद गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्