चीन भ्रमण उपलब्धिमूलक : मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताएका छन् । साताव्यापी चीन भ्रमणपश्चात् शनिबार सुर्खेत आइपुुगेका भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिए ।

 

“भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन निकै फलदायी बन्यो,” उनले भने, “हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको छ ।

 

मुख्यमन्त्री शाहीले भने, “चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति बमोजिम सम्भाव्यता अध्ययन भएलगत्तै प्रतिवेदन प्रदेश सरकारलाई बुुझाउँछ र केन्द्र सरकारसँगको सम्झौतापछि यो द्रुतमार्ग निर्माणको काम अगाडि बढ्छ ।”

 

हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णाली विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उनले यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा कर्णाली एयरलाइन्स स्थापना, पर्यटन पूूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायतका महत्वपूर्ण विषयमा त्यहाँका प्रान्तीय सरकार तथा लगानीकर्तासँग छलफल भएको जानकारी पनि दिए ।

 

यसैगरी द्विदेशीय सीमा नाका निर्माणका बारेमा पनि चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको उनले बताए । सिचुुवान प्रान्तका गभर्नर यिन लिको औपचारिक निमन्त्रणामा गतसाता चार सदस्यीय टोलीसहित चीन प्रस्थान गर्नुभएका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न १७ औं वेष्टर्न चाइना इन्टरनेश्नल फेयर तथा बेल्ट र रोड डेभलेपमेन्ट कन्फेरेन्समा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन गरेका छन् । नेपालको

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा नयाँ कोरोना संक्रमण थपिएका

गोरखा : ललितपुरको पाटन अस्पतालमा सोमबार राति मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमितको संख्या थपिँदै गएको छ । सोमबारमात्र

काठमाडौं । मंगलबार (आज)मन्त्रिपरिषद बैठक बस्दैछ । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे

काठमाडौं : देशभर मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको आज (मंगलबार) जन्मदिन परेको छ । पूर्व राजा शाह

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : सोमबार काठमाडौं उपत्यकाकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य