चलचित्रबाट महिला हिंसा विरुद्ध लड्ने रेखाले ल्यार्इन् मालिका



काठमाडौं: रेखा थापा अभिनित, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको ट्रेलरमा बाल विवाह र महिला शशक्तिकरणको विषय देखाउने प्रयास गरिएको छ । 

 

चलचित्रमा नायिका रेखाका साथमा जाजरकोटकी १४ वर्षीया किशोरी कमला वली केन्द्रीय भूमिकामा छिन् । सार्वजनिक ट्रेलर नायिका रेखाको एक्सन र डायलगले भरिपूर्ण छ । साथमा कमला वलीलाई बेदनामय भूमिकामा चित्रण गरिएको छ । 

‘मालिका’ रेखाले निर्माण गरेको पाँचौं तथा निर्देशन गरेको दोस्रो चलचित्र हो ।  नर बहादुर कार्की कार्यकारी निर्माता रहेको चलचित्रको कथा पनि कार्कीकै हो । चलचित्रमा शिवम अधिकारीको लेखन, रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । त्यस्तै चलचित्रका गीतमा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ । 

 

मालिकाको निर्मातामा रेखा थापाकी आमा सरस्वती थापा रहेकी छन् । बाल विवाह र महिला शशक्तिकरणको विषयमा आधारित यो चलचित्र आगामी कात्तिक १६ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्