अमेरिकी डलरको भाउ केही दिनयता स्थिर



काठमाडौँ: निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । 

 

नेपाल राष्ट्र बैङ्कले आज निर्धारण गरेको मूल्यअनुसार अमेरिकी १ डलरको खरिद दर ११५ रुपैयाँ ६८ पैसा छ । बिक्री दर भने राष्ट्र बैंकले १२६ रुपैयाँ २८ पैसा तोकेको छ । यूरो १ को खरिद दर १३५ रुपैयाँ ४२ पैसा र बिक्री दर १३६ रुपैयाँ १२ पैसा तोकिएको छ । 

 

अस्ट्रेलियन १ डलरको बिक्री दर ८३ रुपैयाँ ६५ पैसा र बिक्री दर ८४ रुपैयाँ ८ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५७ पैसा र विक्री दर ८९ रुपैयाँ ०३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । कतार रियाल १को खरिद दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

 

त्यस्तै मलेसियन रिङ्गिट एकको खरिद दर २७ रुपैयाँ ९४ पैसा र बिक्री दर २८रुपैयाँ ०९ पैसा छ । हङ्कङ डलर एकको खरिद दर १४ रुपैयाँ ८० पैसा र बिक्री दर १४ रुपैयाँ ८८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिद दर ३८१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३८ रुपैयाँ ८१ पैसा तोकिएको छ । 

बहराइन दिनार एकको खरिद दर ३०६ रुपैयाँ ८३ पैसा र बिक्री दर ३०८ रुपैयाँ ४२ पैसा तय भएको राष्ट्र बैँकद्वारा जारी सूचनामा उल्लेख छ । 

त्यस्तै यो विनिमय दरलाई बैँकहरुले जुनसुकै समयमा आवश्यकता अनुसार संशोधन गर्न सक्ने राष्ट्र बँैकले जनाएको छ । वाणिज्य बैँकहरुले तोक्ने विनिमय दर भने फरक पर्नसक्ने छ । 

प्रतिक्रिया दिनुहोस्