सडक र सदनबाट आन्दोलन चर्काउछाैं: कांग्रेस नेता खाण



भैरहवा :  नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाणले सरकारको गलत क्रियाकलाप विरुद्ध सडक र सदन दुवै स्थानबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारले जनताको हीतमा काम गर्न छाडेर अपराधी, भ्रष्टाचारी, दलालहरुको पक्षपोषण गरिरहेको आरोप लगाउँदै सडक र सदनबाटै त्यसको प्रतिकार गर्ने बताएका हुन् ।

 

नेता खाणले केपी ओली नेतृत्वको सरकारले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा र महङ्गी नियन्त्रण गर्नुको सट्टा संरक्षण गर्दैआएकोले सरकार बिरुद्ध आन्दोलन गर्ने बताएका हुन् ।

 

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीबाट आयोजित कांग्रेसको ऐतिहासिक पृष्ठभुमि, सैद्धान्तिक पक्ष तथा स्थानीय जनप्रतिनिधिको भुमिका विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले यस्तो बताएका हुन् ।

 

यसबाहेक नेता खाणले मिडियाले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएको उल्लेख गर्दै कतिपय आफूहरु बोलेका कुरा पनि नआएकाले कांग्रेसका कुरा जनतामाझ पुग्न नसकेको गुनासो गरे ।

 

ओली नेतृत्वको सरकारलाई चिनियाँ कम्युनिष्ट सरकारसँग तुलना गर्दै सरकार नांगिँदैगएको बताए । यही प्रसंगमा उनले १० वर्षभित्र चीनमा पनि कम्युनिष्ट सरकार हराउने र नेपालमा पनि कम्युनिष्ट शासन नटिक्ने उनको दावी छ । साथै चिनियाँ रणनीतिलाई लक्षित गर्दै उनले विदेशीको आर्थिक रणनीति हावी हुन थालेकोमा कांग्रेस सजग हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्