आज भाद्र शुक्ल पञ्चमी : सप्त ऋषिको पूजा गरी मनाइयो



काठमाडौं : आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्